Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो ।
यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ । उक्त दिन काठमाडौँम र्यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ । कार्यक्रममा ज्यापु प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij