Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

'विदेश पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

'विदेश पठाइदिन्छु' भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका ३९ वर्षीय सुवर्णकुमार बल र सर्लाही ब्रम्हपुरीकी २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती दुईले आकर्षक तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई विदेश लैजाने बहाना बनाएका थिए । सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

    images

    रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवर्णलाई काठमाडौंको बाफलबाट र मनिषालाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij