Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल बैंकका तत्कालीन उप–प्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

नेपाल बैंकका तत्कालीन उप–प्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

  • काठमाडौं । अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ प्रकाउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रेष्ठलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले १३ वर्षपछि शुक्रबार पक्राउ गरेको हाे ।

    AGNI GROUP

    नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख  ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए ।

    उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो । विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद  आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाएको थियो ।

    सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलाशबाट सदर भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij