Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भानुआटुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

भानुआटुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • काठमाडौं । प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । रोयटर्सकाअनुसार मंगलबार बिहान भूकम्प गएको हो ।

    onlinepatrika
    Arghakhachi

    भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा र ५७.१ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पबाट अहिलेसम्म एक जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

    AGNI GROUP

    भूकम्पले अमेरिका, बेलायती, फ्रान्सेली र न्यूजील्याण्डसहित धेरै विदेशी दूतावासहरूको आवास भवनमा क्षति पुर्‍याएको रोयटर्सले जनाएको छ ।

    पोर्ट भिलाका भवनहरूमा भएको क्षतिको भिडिओ र तस्वीरहरू सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

    भूकम्पले अष्ट्रेलिया र प्रशान्त टेक्टोनिक प्लेटहरू मिल्ने क्षेत्रमा प्रहार गरेको छ, जुन संसारको सबैभन्दा भूकम्पीय रूपमा सक्रिय क्षेत्रहरू मध्ये एक हो।

    यस क्षेत्रमा सबैभन्दा ठूलो रेकर्ड गरिएको भूकम्प डिसेम्बर सन् १९५० मा ७.९ म्याग्निच्युडको थियो । जसको केन्द्रबिन्दु पोर्ट विलाबाट ८६ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट