Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

  • काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज (शुक्रवार) स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

    images
    images
    images

    दोलखास्थित गौरीशङ्कर गाउँपालिका–९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गरेका थिए । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर सक्रिय शेर्पा दुई पटक सगरमाथाको शिखर चुम्न सफल भएका छन् ।

    images

    सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । गौरीशङ्कर–९ का वडाध्यक्ष छिरिङ शर्पाले उनको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना भएका शेर्पाको यही माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र तीन छोरा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij