Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

छविसँग चार करोडको घर लिएको होइन, मेरै कमाइबाट बनाएको हो: अभिनेत्री शिल्पा

छविसँग चार करोडको घर लिएको होइन, मेरै कमाइबाट बनाएको हो: अभिनेत्री शिल्पा

  • काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो व्यक्तिगत जीवनलाई लिएर अनावश्यक भ्रम फैलाएको भन्दै कानूनी उपचार खोज्ने चेतावनी दिएकी छन् । सामाजिक सञ्जालमार्फत चरित्र हत्या नगर्न पनि उनले भनेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले फेसबूकमा लेखेकी छन्, ‘कसैको पनि व्यक्तिगत जीवनको समाचार बनाउनु कसैको पनि तस्बिर सार्वजनिक गर्नु अघि एकपल्ट सम्बन्धित व्यक्तिसँग पनि धारणा लिनुपर्छ भन्ने कुरा जानि राख्ने हो कि पत्रकारज्यूहरूरु सम्पूर्णको लागि कानुन बराबर छन् यदि कसैले पनि कसैको व्यक्तिगत जीवनलाई लिएर अनावश्यक भ्रम फैलाउने कसैको पनि मानसिक स्वास्थ्यमा असर पर्नेगरी कुनै पनि न्युज अथवा कुनै पनि कुराहरू सामाजिक सञ्जालमा आउँछन् भने सम्बन्धित व्यक्तिले त्यसलाई लिएर पनि कानुनमा कडाभन्दा कडा सजाय हुनेगरी कानुन बनाइएको छ त्यो पनि दिमागमा राखौं । साइबर क्राइम भनेको कुरा के हो भन्ने कुरा बुझिराखौं… ।’

    AGNI GROUP

    साथै, उनले आफ्नो अन्तर्वार्ता सेयर गर्दै पूर्वपति छविराज ओझाबाट पाएको घर चार करोड रुपैयाँको नरहेको बताएकी छन् ।

    उनले अन्तर्वार्तामा भनेकी छन्, ‘माना–चामल, चार करोडको घर भन्ने सबै कुरा बकबास कुरा हुन् । त्यति धेरै मूल्याङ्कन भएको घर पनि होइन । एउटा खण्डर जस्तो घर थियो, जसलाई मैले लिएर त्यसलाई ४० लाख रुपैयाँ खर्च गरेर आज बस्न योग्य बनाएकी छु, म अहिले यही घरमा बसेकी छु ।’

    छविसँग उक्त घर लिएको भन्दा पनि छविसँग रहँदा आफूले कमाएको पैसाबापत सो घर लिएको उनी बताउँछिन् । ६ वर्ष छविसँग काम गर्दा आफूले र छविले कमाएको पैसा एकै ठाउँमा राखेको र आफ्नो पैसाको हिसाब गरेर सो घर लिएको शिल्पाको दाबी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट