Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राजावादीको प्रदर्शन

रक्सी र सुन्तला चोर्नेहरुलाई माफी

रक्सी र सुन्तला चोर्नेहरुलाई माफी

‘नियतवश नभएर लहलहैमा त्यस्तो गरेका रहेछन्

  • काठमाडौं । राजावादी प्रदर्शनका क्रममा चैत १५ गते चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो । तीमध्ये ८ जना कसुरको मात्रा कम भएको भन्दै घर गइसकेका छन् ।

    AGNI GROUP

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश गरेपछि घर पठाइएको बताए ।

    ‘नियतवश नभएर लहलहैमा त्यस्तो गरेका रहेछन्, केही दिन हिरासतमा राख्नु नै उनीहरूका लागि ठूलो सजाय भइसकेको थियो’, अधिकारीले भने, ‘त्यसपछि अदालतले पनि धरौटी नमागी आफन्तको जिम्मामा बुझाइदिन भन्यो ।’

    उनीहरू विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइएको थियो । सोही ऐनअनुसार मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै छन् ।

    आगलागी, सवारी साधन तोडफोडजस्ता कसुरमा संलग्न व्यक्ति भने अहिल्यै रिहा नहुने अधिकारीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij