Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माग पूरा नभए भोली देखि डाक्टर आन्दोलन झर्नै चर्किने’

माग पूरा नभए भोली देखि डाक्टर आन्दोलन झर्नै चर्किने’

  • काठमाडौं । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब नपाएको तथा चिकित्सा शिक्षा आयोगको निर्णय अनुसार प्राइभेट कलेजलाई सेवा सुविधा नदिएको भन्दै डाक्टरहरु विगत केही दिनदेखि धर्नामा रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार माइतीघर मण्डलामा प्राइभेट मेडिकल कलेजहरुले नमानेको विषयलाई लिएर स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यान्वयन सङ्घर्ष समितिले सेतो एप्रोन लगाएर धर्ना कार्यक्रम गरेको हो ।

    AGNI GROUP

    आन्दोलनरत डा.राजु चौधरीले मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनु परेको बताएका छन् ।

    उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार नीजि मेडिकलहरुले लागू गरिरहेका छैनन् । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैँन् भन्नेजस्तो भयो । हाम्रो हक र हामीले पाउनु पर्ने सेवा सुविधाको लागि यसरी रोडमा आउनु परेको छ । एउटा डाक्टरलाई यस्तो काम स्वभा दिदैँन् ।’

    उनले यसरी सबै डाक्टरहरु रोडमा आउदा बिरामीहरुले पाउने सेवामा पनि असर परेको भन्दै आन्दोलनमा आएको १३ दिन बितिसक्दा पनि सरकारले वास्ता नगरेको बताए ।

    उनले भने, ‘अस्पताल नै बन्द गरेर यसरी सडकमा आउने हाम्रो रहर छैन् । तर हाम्रो माग सम्बोधन नभएको हुनाले विकल्प नै नपाएर सडकमा आएका हौं । १३ दिन बिति सक्दा पनि सरकार यसरी हेरेर मात्र बसिराख्दा हामी यो देशको नागरिक नै होईन जस्तो लागि सकेको छ ।’

    सोही क्रममा अर्का डाक्टर प्रेम निरौलाले माग सम्बोधन नभए भोली देखि देशभरका सम्पूर्ण ओपिडिहरु बन्द गरेर आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन बाध्य हुने बताए ।

    उनले भने, ‘हाम्रो माग सम्बोधन गर्ने जस्तो संकेत भएन, अन्यौलको अवस्था रह्यो भने सायद भोली देखि देशभरका सम्पूर्ण ओपिडिहरु बन्द गर्ने योजनामा छौ र हामी यो आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउन बाध्य हुने छौ । हामी बिरामीहरु हेर्नुको सट्टा यसर सडकमा आउनु पर्ने बाध्यता भएको छ यसको जिम्मेवार सरकार र निजी मेडिकल कलेजहरु हुने छन् ।’

    उनले सरकारले गरेको निर्णय लागू होस भन्नको लागि पनि यसरी आन्दोलनमा आउनु पर्ने कुराले एउटा असफल राष्ट्रको संकेत दिएको भन्दै यो एकदमै दुख लाग्दो कुरा भएको पनि बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट