Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

शुद्धोधन गाउँपालिका

अध्यक्षमाथि गोली प्रहार !

अध्यक्षमाथि गोली प्रहार !

उनको निवासमा नै गोली प्रहार भएको हो ।

  • काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका-१ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरी माथि गोली प्रहार भएको पुष्टी गरेका छन् । उनका अनुसार पालिका अध्यक्ष चौधरीलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको हो ।

    AGNI GROUP

    गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब  ११ः३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ ।

    राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाइ दिएको स्पष्ट पार्दै  यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij