Logo

May 06 2025 | २०८२, वैशाख २३ गते

May 06 2025 | २०८२, वैशाख २३ गते

विनोद चौधरी र बिल गेट्स आम्नेसाम्ने !

विनोद चौधरी र बिल गेट्स आम्नेसाम्ने !

  • काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सिंगापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पीएए-२०२५) को अवसरमा विश्वविख्यात खर्बपति माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता भएका छन् ।

    images
    images
    images

    ‘बिल गेट्सलाई भेट्न पाउँदा सम्मानित छु । हामीले नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रले सामना गरिरहेका महत्वपूर्ण चुनौतीमा गहिरो र अर्थपूर्ण आदानप्रदान गर्यौं,’ चौधरीले भने ।

    भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड १९ महामारीसम्म र बालपोषणको क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे।

    ‘२०१५ को भूकम्पदेखि कोभिड प्रतिक्रिया र बालियो नेपालमार्फत हाम्रो पोषण कार्यसम्मको दशक लामो साझेदारीको लागि आभारी छौँ, गेट्स फाउन्डेसनका धेरै प्रमाणित विश्वव्यापी स्वास्थ्य पहल नेपालमा ल्याएर हाम्रो सहकार्य विस्तार गर्न उत्साहित छौँ,’ उनले भने ।

    सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्ससँगको साइडलाइन मिटिंगको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij