
May 08 2025 | २०८२, वैशाख २५ गते
मोदी ३ युरोपेली देशमा धेरै महत्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए ।
काठमाडौं । भारतीय सेनाले पाकिस्तानका ९ वटा आतंकवादी अड्डाहरूमा आक्रमण गरेको छ ।
यो कारबाहीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका छन् । उनी ३ युरोपेली देशमा धेरै महत्वपूर्ण द्विपक्षीय वार्ता र बैठकमा भाग लिन जाँदै थिए ।
अब प्रधानमन्त्री मोदीको नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको भ्रमण हाललाई रद्द गरिएको छ । मोदीले मे १३ देखि १७ सम्म क्रोएसिया, नर्वे र नेदरल्याण्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो ।
प्रधानमन्त्री नर्डिक शिखर सम्मेलनमा भाग लिन नर्वे जाने कार्यक्रम थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij