
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले सेवा विस्तार गर्दै आजदेखि पेट र कलेजोसम्बन्धी उपचार सेवा सुचारु गरेको छ ।
बुधबार अल्फा केयरले एक औपचारिक कार्यक्रम गरी नयाँ सेवा विस्तार गरेको जानकारी गराएको हो । उक्त सेवा चिकित्सा क्षेत्रमा अनुभवी तथा दक्ष प्रा.डा. युवराज शर्माले प्रदान गर्नेछन् ।
इन्टर्नल मेडिसीनका प्रोफेसर रहेका डा शर्मा ग्यास्ट्रोएन्टेरोलोजिस्ट, हेपाटोलोजिस्ट समेत हुन् । फोक्सो र पेटसम्बन्धी रोगको इन्डोस्कोपी, कोलोनोस्कोपी, ईआरसीपी सेवामा उनी पोख्त रहेका छन् ।
सो अवसरमा प्रो.डा. शर्माले भने, ‘विशेषज्ञताका आधारमा मेडिसीनका विद्यार्थीलाई पढाउने, अनुसन्धान गर्नमा प्रोफेसरहरुको ठुलो भुमिका हुन्छ । त्यस्तै विरामीलाई स्वास्थ्य उपचार मात्र प्रदान गर्ने नभई विषयवस्तु अनुसार एमडी, डिएम अध्ययन गरेका विद्यार्थीहरुको विभिन्न परीक्षा सेन्टरमा गएर परीक्षा लिने जस्ता भुमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij