
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका–३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ ।
आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं आउँदै थियो । प्र ३ –०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका– २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन् ।
एम्बुलेन्समा एकजना प्रहरी जवान र चालकसहित ४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij