Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जनकपुरधाम

अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।

  • जनकपुर । जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत चैत्र २ गते होलीको दिन जनकपुरधाम स्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरु लाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरु लाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

    AGNI GROUP

    उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरु लाई धरौटीमा छाडेर झन घाउ माथि नुन छर्केको आरोप लगाएका छन् । धरौटीमा छुटेकाहरुले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरुको आरोप छ ।

    आन्दोलनकारीहरुले अंशुको हत्यामा संलग्न सबैजनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरु अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij