Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

जनकपुरधाम

अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।

  • जनकपुर । जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।

    images
    images
    images

    गत चैत्र २ गते होलीको दिन जनकपुरधाम स्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरु लाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरु लाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

    images

    उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरु लाई धरौटीमा छाडेर झन घाउ माथि नुन छर्केको आरोप लगाएका छन् । धरौटीमा छुटेकाहरुले अंशुको आमालाई धाकधम्की दिँदै आएको उनीहरुको आरोप छ ।

    आन्दोलनकारीहरुले अंशुको हत्यामा संलग्न सबैजनालाई कानुनको दायरामा ल्याएर सजाय नदिए आफूहरु अनिश्चितकालिन धर्नामा बस्ने चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको अगाडि पछाडि कोही नरहेको भन्दै अंशुको लागि मर्नु परे मर्न तयार रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij