Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हेनानका वरिष्ठ राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ

हेनानका वरिष्ठ राजनीतिक सल्लाहकार घुसकाण्डमा पक्राउ

  •  बेइजिङ। चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रान्तीय किमिटीका पूर्वउपाध्यक्ष एवं पार्टीका वरिष्ठ सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्यसमेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषद्‍ले पक्राउ गर्ने निर्णय गरेको थियो। 

    onlinepatrika
    Arghakhachi

    जनपरिषद्‍का अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घुसखोरीमा संलग्‍न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो। वाङलाई यसअघि नै चिनियाँ कम्युनिस्ट पार्टीबाट निश्कासन गरिएको र पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा जिम्मेवारीबाट हटाइसकिएको छ। उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषद्‍ले जानकारी दिएको छ। रासस

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij