Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रीत भइ बाटोको साइडमा पल्टिँदा टिप्परमै च्यापिएका चालकोको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट सुरक्षाकर्मीको टोलीले घटना स्थल पुगी च्यापिएर गम्भीर घाइते भएका चलकको उद्धार गरेको हो।
घाइते चालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij