Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको निष्कर्ष

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

    AGNI GROUP

    अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने उनले बताए । उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै नभइ आम सञ्चारमाध्यम र जनसमूदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।

    मंगलबार संसद बैठक भन्दा अगाडि विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij