
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन दबाब दिन संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले आज पनि धर्नालाई निरन्तरता दिएकाे छ ।
युनियनले संघीय संसद भवनको पश्चिम गेटमा आयोजना गर्ने भनिएको धर्ना कार्यक्रमलाई संशोधन गर्दै आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । आज बसेको आन्दोलन निर्देशक समितिको बैठकले धर्ना कार्यक्रमलाई जेष्ठ २३ गतेसम्म निरन्तर रूपमा सञ्चालन गरिने निर्णय गरेकाे छ ।
जेष्ठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले कालोपट्टी बाँधी सेवा प्रवाह गर्ने पनि निर्णय गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij