Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भैरहवा भन्सार

तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन

तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन

  • काठमाडौँ । तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन भएको छ । भन्सारको सर्भरमा समस्या हुँदा भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेका छैनन् । भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन दिनदेखि सर्भरमा समस्या रहेको बताए ।

    onlinepatrika
    Arghakhachi

    उनका अनुसार भन्सारले प्रयोग गर्ने आसिकुडा वर्ल्ड सफ्टवेयर समय–समयमा डाउन हुने गरेकाले माल वस्तु जाँच पासमा व्यवधान भएको छ ।  उनले भने, ‘सर्भर डाउन भएर काम नै नभएको भन्ने होइन । सर्भर डाउन हुँदै खुल्दै गरेकाले चाँडो काम हुन सकेको छैन । सर्भरले सबै सिस्टमलाई धान्न नसक्दा सर्भरमा समस्या आएकाले केही सवारी साधनहरूमा आएको मालवस्तु भन्सार पास हुन थोरै समय लागेको अवस्था हो ।’

    AGNI GROUP

    भन्सारको सर्भर विगत तीन दिनदेखि बन्द भएकाले भारतीय मालवाहक ट्रकहरूले नेपाल प्रवेश गर्न नसक्दा सुनौली नाकामा भारतीय ट्रक लाइन लागेका छन्। सूचना अधिकारी चौधरीले भन्सार कार्यालयले सकेसम्म छिटो काम गर्ने तयारी रहेको बताए ।

    उनले बजेटमार्फत भन्सारका दरहरू हेरफेर भएकाले पनि भन्सार जाँच पासमा ढिलाइ भएको जानकारी दिए । उनले भैरहवा भन्सारमा मात्रै नभएर देशभरका भन्सार कार्यालयहरूमा नयाँ भन्सार दर कायम भएकाले थोरै समस्या देखिएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij