Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    जसअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७० पैसा र बिक्रीदर १३७ रुपियाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १८ पैसा र बिक्रीदर ८९ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३३ पैसा र बिक्रीदर १०६ रुपियाँ ८० पैसा तोकिएको छ ।

    images

    यस्तै, युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ छ पैसा र बिक्रीदर १५६ रुपियाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ३४ पैसा र बिक्रीदर १८६ रुपियाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ५९ पैसा र बिक्रीदर १६७ रुपियाँ ३२ पैसा कायम गरिएको छ ।

    साथै, जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ चार पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ नौ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा रहेको छ ।

    त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३१ पैसा र बिक्रीदर ३२ रुपियाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९२ पैसा र बिक्रीदर २१ रुपियाँ एक पैसा तोकिएको छ ।

    images

    यसैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ पाँच पैसा र बिक्रीदर ४४८ रुपियाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ५५ पैसा र बिक्रीदर ३६४ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपियाँ नौ पैसा र विक्रीदर ३५६ रुपियाँ ६५ पैसा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij