Logo

Jun 27 2025 | २०८२, असार १३ गते

Jun 27 2025 | २०८२, असार १३ गते

इरानबाट ९ जना नेपाली स्वदेश फर्किए

इरानबाट ९ जना नेपाली स्वदेश फर्किए

  • काठमाडौं । इरानमा रहेका १६ जना नेपालीमध्ये अहिलेसम्म नौ जना स्वदेश फर्किएका छन् । इरानमा रहेको भारतीय दूतावासको सहयोगमा उनीहरु स्वदेश फर्किएका हुन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म नौ जना नेपाली स्वदेश फर्किसकेको जानकारी दिएको छ ।

    images
    images
    images

    शुरुमा ११ जना फर्काउने तयारी भए पनि एक जनाको कागजी प्रकिया नमिलेको र अर्कोको आन्तरिक काम भएकाले उतै रहेका मन्त्रालयका भनाइ छ । बाँकी पाँच जना नेपाली भने विभिन्न मुद्दाका कारण इरानको कारागारमा रहेका छन् ।

    images

    उनीहरुलाई पनि नेपाली दूतावास दोहामार्फत फर्काउन पहल भइरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायल र इरानबीच युद्धविराम भइसकेकाले दुवै देशमा रहेका नेपालीहरू सुरक्षित छन् । इजरायलमा झन्डै सात हजार नेपाली रहेको अनुमान छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij