
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने निर्णय गरेको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा बिन्दुमा सरकारी अस्पताल मात्रै रहने व्यवस्था गरेको छ।
बोर्डले एक पत्र जारी गर्दै आउँदो साउन १ गतेदेखि यो व्यवस्था पूर्णरूपमा लागू गर्ने र निजी अस्पताललाई प्रथम बिन्दु उपचार केन्द्रबाट हटाउने जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij