Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गायिका चौहानलाई गालीगलौज गर्ने युवक पक्राउ

गायिका चौहानलाई गालीगलौज गर्ने युवक पक्राउ

  • काठमाडौं । सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरको बाँडेगाउँबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो। ब्युरोका अनुसार चौहानले आफूलाई निरन्तर अनलाइनमार्फत अभद्र भाषा प्रयोग गरी गाली गरेको भन्दै उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा राईलाई बुधवार पक्राउ गरिएको हो ।

    AGNI GROUP

    पक्राउ परेका राईविरुद्ध साइबर अपराध अन्तर्गत आवश्यक अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

    साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरेर कसैको चरित्र हत्या वा मानसिक पीडा दिने कार्य गैरकानुनी भएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट