Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

मोरङ

भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ

भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ

  • काठमाडौं । आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बस्ने ६९ वर्षीय टंकबहादुर बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

    images
    images
    images

    रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुर लाई पक्राउ गरेको हो।

    images

    प्रारम्भिक अनुसन्धानको क्रममा टंकबहादुरले आपसी झै-झगडा तथा रिसिवीको कारण हँसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको खुल्न आएको छ। उनीहरू बीच अंश सम्बन्धी झगडा रहेको मोरङ प्रहरीले जनाएको छ।

    उनी उपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij