Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

डेढ अर्ब क्रिप्टो कारोबार गर्ने दुई भारतीय सानेपाबाट पक्राउ

डेढ अर्ब क्रिप्टो कारोबार गर्ने दुई भारतीय सानेपाबाट पक्राउ

  • काठमाडौं । नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीककेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।

    images

    ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन् ।

    सीआईबीका अनुसार उनीहरुले सानेपामा राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरिरहेको पाइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij