Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

काठमाडौंमा श्रमिकहरुको आन्दोलन !

काठमाडौंमा श्रमिकहरुको आन्दोलन !

  • काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर काठमाडौमा प्रदर्शन गरेको छ । बिहीबार श्रमिकहरूको वर्गीय हितका पक्षमा लामो समयदेखि सक्रिय संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रम कानुनको प्रभावकारी कार्यान्वयन र न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै प्रदर्शन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, रु ३०४४३ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर्नुपर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्नुपर्ने लगायतको माग उनीहरुको छ ।

    AGNI GROUP

    संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगतबहादुर सिम्खडाले श्रम ऐनको गलत व्याख्या गरी श्रमिकमाथि भइरहेको अन्यायको तत्काल अन्त्य गर्न माग गरेका छन् । उनले श्रम बजारको नियमनका लागि त्रिपक्षीय संयन्त्र गठन गर्न सरकारसँग माग गरेका हुन् ।

    जेटियुसीसीले वैज्ञानिक, तुलनात्मक तथा व्यावहारिक आधारमा श्रमिकको न्यूनतम पारिश्रमिक रु. ३०,४४३ मासिक तोकिनुपर्ने, श्रमिकको सम्मानजनक जीवनस्तरको ग्यारेन्टी हुनुपर्ने, श्रम प्रशासनमा सुधार र सुद्धीकरण गर्दै श्रम ऐनमा व्यवस्था भए अनुसार श्रम निरीक्षण प्रणाली, श्रम अडिट, कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा समिति एवं श्रमसम्बन्ध समिति गठन लगायतका कामहरू प्रभावकारी रूपमा लागू गर्नुपर्ने, सबै श्रमिकहरूमा श्रम ऐन, २०७४ लागू हुने कानूनी व्यवस्थालाई कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्ने जस्ता मागहरु राख्दै आन्दोलन सुरु गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij