
Jul 13 2025 | २०८२, असार २९ गते
काठमाडौं । आज संघीय संसद अन्तर्गतको दुई वटा समितिको बैठक बस्दै छ ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन,मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१-०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरुमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै बिहान ११ः३० मै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij