Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट

नेपालमा विद्युत उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिक रूपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गरे । उनले विद्युत् उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र ऊर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताए ।

    images

    उनले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रीय ऊर्जा व्यापार र दिगो भविष्यको आधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

    उनले नेपालमा वर्षायाममा क्षमताभन्दा बढी र हिउँदमा एक तिहाइ मात्र विद्युत् उत्पादन गर्न सकिने पनि बताए । उनले विद्युत् उत्पादन कम हुने समयमा छिमेकी मुलुक भारतबाट विद्युत् आयात गरी आन्तरिक मागको आपूर्ति गर्दै आएको पनि बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij