
Jul 05 2025 | २०८२, असार २१ गते
काठमाडौँ । नेपालले एसीसी यू १६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू(१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।
सिंगापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३(३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij