Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

स्वास्थ्य सेवा बिस्तार

एकपछि अर्को स्वास्थ्य सेवामा बिस्तार गर्दै आँबुखैरेनी अस्पताल

एकपछि अर्को स्वास्थ्य सेवामा बिस्तार गर्दै आँबुखैरेनी अस्पताल

गाउँपालिकाले आफ्नै स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रामकुमार साहबाट नियमित सेवा दिन थालिएको हो ।

  • काठमाडौं । जिल्लाको आँबुखैरेनी अस्पतालमा स्वास्थ्य सेवा बिस्तार कार्यलाई तीब्रता दिदै आएको छ । अस्पताल संचालनको छोटो अवधिमा एक पछि अर्को सेवा बिस्तार गर्दै चर्चा कमाएको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि अस्पतालमा ओपिडी,इमरजेन्सी,ल्याब,फार्मेसी,एक्सरे,भिडियो एक्सरे नियमित सेवा रहदै आएकोमा डेन्टल सेवा,फिजियो थेरापी,डाइलासिस,डेलिभरीको अप्रेसन साथै हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा थप गरेको हो ।

    AGNI GROUP

    गाउँपालिकाले आफ्नै स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रामकुमार साहबाट नियमित सेवा दिन थालिएको हो । उक्त सेवासंगै स्थानीयबासीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ ।

    आधारभूत आँबुखैरेनी अस्पतालले आफुले गर्नुपर्ने दायित्व भन्दा धेरै सेवा प्रवाह गर्दै आएको अस्पतालका सुपरीटेण्डेन डा.डिबी क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“जुन राज्य र संविधानले सोचे भन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ ।

    अस्पतालले जति गर्न सक्छ त्यति उपचार गर्छ,नसक्ने अवस्थामा आएमा अन्यत्र अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ तर स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स रिफर सेवा र प्रेसित बिरामी प्राप्त गर्ने स्वास्थ्य प्रणालीमा सुधार गर्न राज्यको आवश्यक हुन जरुरी देखिन्छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट