
Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित भएका छन् । बैंकका सञ्चालक संघई सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) अवार्डबाट सम्मानित भएका हुन् ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले उनलाई सम्मान गरेको हो ।
नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij