Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

बेलायतको चुनावमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

बेलायतको चुनावमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

  • काठमाडौं । बेलायत सरकारले १६ वर्षका बालबालिकालाई आमचुनावमा मतदान गर्न अनुमति दिने घोषणा गरेको छ । सत्तारुढ लेबर पार्टीले गएको वर्ष सत्तामा आउनुअघि उमेर १८ वर्षबाट घटाउने प्रतिबद्धता जनाएको थियो ।

    images
    images
    images

    प्रधानमन्त्री केइर स्टार्मरले १६ वर्षका बालबालिकाले कर तिर्न योग्य हुने भएकाले उनीरुले मतदान गर्न पाउनु स्वभाविक रहेको बताउनु भएको छ । यो घोषणा कार्यान्वयनमा लैजानका लागि सरकारले संसद्बाट कानूनी प्रावधान ल्याउनुपर्छ ।

    images

    अहिलेको सरकारसँग कानुन परिवर्तनका लागि सहज बहुमत छ । विश्वमा थोरै देशहरूले मात्र १६ वर्षका किशोरकिशोरीलाई राष्ट्रिय चुनावमा मतदान गर्न अनुमति दिन्छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij