Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

बैठक

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विनिता कठायत र राप्रपाका सांसद धवलशमशेर राणाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    images

    सांसद कठायतले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएकी थिइन् । त्यस्तै राप्रपा महामन्त्री राणाले गत चैत्र १५ गतेको तिनकुने घटनाको प्रसंग उठाउदै आफुहरुले बोकेको विचारलाई निरुत्साहित गर्न चार वटा झुटा मुद्धा लगाइएको आरोप लगाए ।

    उनले चैत्र १५ गतेको घटनाको संसदीय छानिबनको माग गरेका छन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् ।

    दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij