Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सार्वजनिक बिदा

आइतबार चार पालिकामा सार्वजनिक बिदा

आइतबार चार पालिकामा सार्वजनिक बिदा

  • काठमाडौं । आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन ।

    onlinepatrika
    Arghakhachi

    रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

    AGNI GROUP

    बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।

    “बहुधार्मीक बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुले सामाजिक  एकता तथा भातृत्वलाई कसिलो बनाउन छ,” उनले भने, “पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययी बनाउन आग्रह गर्दछु ।”

    लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारु समुदायका महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताए। बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ ।

    रानाथारु समुदायका महिलाहरुले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरेका छन् । रानाथारु समुदायका जानकारहरुका अनुसार तीज आउनु अगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।

    “अन्य समुदायले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाईको दीर्घायुका लागि तीजको व्रत बस्छन्”, रानाथारु समुदायका अगुवा प्रेमवती रानाले भने, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छ ।” उहाँका अनुसार रानाथारु समुदायका महिलाले माइतीघरमा व्रत बसेर तीज मनाउने प्रचलन छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij