Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गाजामा बढ्यो भोकमरी

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

गाजामा भोकमरीका कारण अहिलेसम्म १२२ भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

  • काठमाडौँ । गाजामा बढ्यो भोकमरीका बिचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले गाजामा मानवीय अवस्था गम्भीर स्तरमा पुगेको भन्दै युएईले प्यालेस्टिनी जनताको जीवन बचाउने सहायता प्रदान गर्ने प्रयासमा अग्रपंक्तिमा रहेको बताएका छन्।

    AGNI GROUP

    उनले भनेका छन्- 'हामी आवश्यक सहायता सबैभन्दा बढी आवश्यक परेकाहरूसम्म पुगोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं, चाहे त्यो जमिन, हवाई वा समुद्री मार्गबाट होस् ।

    हामी हवाई मार्ग तुरुन्तै पुनः सुरु गर्दैछौं ।'इजरायलले गाजामा अन्य देशहरूलाई सहायता पुर्‍याउन अनुमति दिने बताएपछि युएईको यस्तो भनाई आएको हो ।

    गाजामा भोकमरीका कारण अहिलेसम्म १२२ भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

    संयुक्त राष्ट्र संघको खाध्य कार्यक्रमले गाजामा हाल तीन मध्ये एक जनासँग खान नभएको आँकडा दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij