Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

आफैले घरमा आगो लगाउँदा जलेर एकजनाको मृत्यु

आफैले घरमा आगो लगाउँदा जलेर एकजनाको मृत्यु

  • काठमाडौँ । गुल्मीमा घरमा लागेको आगोमा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–५ वस्तु अमराई स्थित मनी विककी २५ बर्षिया छोरी जुना विकको मृत्यु भएको वडाध्यक्ष केशवराज भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    जुना आफैमा मानसिक रुपमा कमजोर थिइन् । आइतबार बिहान ५ बजे जुना आफैले घरमा आगो लगाएको वडाध्यक्ष भण्डारीले बताए । आगो लागेको थाहा पाएपछि स्थानीय र प्रहरीले आगो बस्तीमा फैलिन नदिए पनि नियन्त्रणमा लिएका थिए ।

    images

    अहिले प्रहरीले घटनाको मुजुल्का उठाई मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास लैजान लागेको भण्डारीले जानकारी दिए ।

    आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij