
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । काठमाडौंको थापाथलीस्थित महानगरपालिका–११ नजिक सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । आगलागी सुरु हुनासाथ महानगरपालिकाको वरुण यन्त्र र नगर प्रहरी टोली आगो निभाउन घटनास्थल पुगेका थिए ।
प्रहरी र अग्नि नियन्त्रण टोलीले छिट्टै आगो नियन्त्रणमा लिन सफल भएका छन् ।
उक्त स्थानमा अहिले तार व्यवस्थापनको काम पनि भइरहेको महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ ।
आगलागीबाट थप क्षति हुन नदिन छिटो प्रतिक्रिया जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij