Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । भक्तपुर क्यान्सर अस्तालले विश्व टाउको तथा घाँटी क्यान्सर दिवसका अवसरमा नयाँ सेवाहरु विस्तार गरेको छ। अस्पतालले एक कार्यक्रमका बीच दन्त तथा मुख रोग विभाग तथा स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड शुरु गरेको हो ।
अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना फैलाउने उद्देश्यले क्यान्सर सर्वाइभरहरूलाई सम्मान समेत गरेको छ। नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ। यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र शुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका छन् । तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो मात्र अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेले बताए।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजुले बिरामीको अनुहारको खुशीले अस्पतालको सेवाको गुणस्तर मापन गर्ने भन्दै भक्तपुर क्यान्सर अस्पतालले गरेको सेवा राम्रो भएको बताए। ज्ञान वुद्धि र सहकार्यले संस्थाको विकास हुने भएकाले धुलिखेल अस्पताल सधैं सहकार्य गर्न तयार रहेको बताए।
२००७ मा भरतपुरमा अस्पतालबाट सुरु गरिएको हेड एण्ड नेक विभाग हाल सबै क्यान्सर अस्पतालहरुमा विस्तार हुनुले विश्वस्तीय सेवाहरु नेपालमा नै पाउने स्थिती भएको बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij