Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, दुई घाइते

  • काठमाडौं । कपिलवस्तुमा बसले अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्र सिंहले गएराति भएको दुर्घटनामा दुई जनाको मृत्यु दुईजना गम्भीर घाइते भएको बताए । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना रहेका छन्।

    दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो। ठक्कर दिने बस र अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ।

    दुर्घटनामा घाइते भएकी पवित्रा सुनार तथा प्युठान घर भएका १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमै उपचार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij