Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । तारकेश्वर नगरपालिका–५ गोलढुंगास्थित एक खाजाघरबाट लागुऔषधसहति सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३१ बस्ने ३१ वर्षीय शंखबुद्ध लामा, धादिङको थाक्रे गाउँपालिका–१ बस्ने ३० वर्षीय विदुर कमर, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का रमेश तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–४ का ३५ वर्षीय मनोज विक, रामेछाप नगरपालिका–२ का ३५ वर्षीय कृष्णबहादुर कार्की, तारकेश्वर नगरपालिका–१० का ४८ वर्षीय विकास थापा र झापाको भद्रपुर नगरपालिका–४ का ३४ वर्षीय गुड्डु अहमद छन् ।
उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो । गोलढुंगाको एक खाजा घरको कोठामा खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूबाट ५४.५९ ग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेकाहरूबाट काठमाडौं जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij