Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा आफू पुनःचयन हुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।
उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुदैँन् । किनभने उहाँहरुलाई थाहा छ उहाँहरुको नेता कस्तो हुनुहुन्छ भनेर। मान्यहरुले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’ मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्र बहादुर वाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै चार मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ ।
काङ्ग्रेस केन्द्रीय समितिले प्रतिनिधिका रुपमा पठाएका केन्द्रीय सदस्य राजन केसीले सांसदहरुलाई छलफलमा राखेर सहमति जुटाउने प्रयास गरिरहेपनि त्यो सफल हुन सकेको छैन् ।
लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको गरिएपनि सफल नभएको बुझिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij