
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । दुई पटककी ओलम्पिक च्याम्पियन लौरा डालमायरको पाकिस्तानमा पर्वतारोहण अभियानको क्रममा दुर्घटनामा मृत्यु भयो ।
सोमबार काराकोरम हिमश्रृंखलामा आरोहण अभियानको क्रममा जर्मन निवासी लौरा डालमायर ढुङ्गामुनि फसेकी थिइन् । काराकोरम हिमश्रृंखलामा विश्वको दोस्रो अग्लि हिमाल के-२ सहित ८ हजार मिटरभन्दा अग्ला ४ हिमाल अवस्थित छन् ।
लगभग १८,७०० फिटको उचाइमा भएको दुर्घटनापछि उनकी पर्वतारोहण साथी मारिना इभाले आपतकालीन सेवाहरूलाई जानकारी गराएकी थिइन् ।
यसपछि, जर्मनी र अमेरिकाका विशेषज्ञ पर्वतारोहीहरू सम्मिलित उद्धार टोलीले तुरुन्तै उद्धार कार्य सुरु गर्यो, तर प्रतिकूल मौसमका कारण उनीहरूको खोजीमा बाधा पुगेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij