Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

संयुक्त राष्ट्रसंघको इकोसक अध्यक्षमा नेपालका लोकबहादुर थापा

संयुक्त राष्ट्रसंघको इकोसक अध्यक्षमा नेपालका लोकबहादुर थापा

  • काठमाडौं । नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पहिलोपटक इकोसकको अध्यक्ष पदमा पुगेको हो ।

    images
    images
    images

    थापाले बिहीबार अध्यक्षताको कार्यभार सम्हाल्दै यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । उनका अनुसार यो निर्वाचनले बहुपक्षीयताप्रतिको नेपालको प्रतिबद्धता प्रतिबिम्बित गर्छ ।

    images

    संसार बहुआयामिक संकटहरूबाट गुज्रिरहेको उल्लेख गर्दै उनले इकोसकको भूमिका अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण रहेको बताए ।

    यसअघि उक्त पद क्यानडाका प्रतिनिधि बब रेले सम्हालेका थिए । रेले थापालाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij