
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौँ । नेपाल प्रहरीको वेबसाइट अब बिना इन्टरनेट प्रयोग गर्न पाइने भएको छ ।
नेपाल प्रहरीले वेबसाइट तथा मोबाइल एप अब बिना इन्टरनेट पनि प्रयोग गर्न सकिने जानकारी दिएको हो।
प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य ब्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ ।
नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij