Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘वाइ वाइ नेपाल स्टार’को पहिलो सिजनको स्टार बनिन् पोखराकी एलिना गुरुङ

‘वाइ वाइ नेपाल स्टार’को पहिलो सिजनको स्टार बनिन् पोखराकी एलिना गुरुङ

  • काठमाडौं । 'वाइ वाइ नेपाल स्टार'को अन्तिम प्रतिस्पर्धामा पोखराकी एलिना गुरुङले पहिलो सिजनको वाइ वाइ नेपाल स्टारको उपाधी जित्न सफल भएकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा।लिले उत्पादन गरि प्रशारण भएको वाइवाइ नेपाल स्टारको पहिलो सिजनको अन्तिम प्रतिस्पर्धा यही माघ १७ गते बेलुकी सकिएको हो ।

    AGNI GROUP

    नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा नेपाल सरकारका माननीय संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहका बीच कार्यक्रम भएको थियो ।

    नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई बिश्वको कुना कुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइ वाइ नेपाल स्टारमा देशभरबाट हजारौको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहनुहुने सम्पुर्ण सहभागीहरुले देशको नाम राख्न सफल भएको माननीय मन्त्रीज्युले बताएका छन् । नेपाल टेलिभिजन क्रमश अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आम दर्शक सामु पस्कन पाउदा अत्यन्त गौंरवान्वित भएको महशुस भएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका थिए ।

    नेपालको मौलिक शैलीमा सञ्चालित साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको अडिसन नेपालको ७ बटै प्रदेशमा भएको थियो । वाइ वाइ नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइ वाइ बृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स , हरपल चामल तथा यति कार्पेट रहेका थिए ।

    वाइ वाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाडौंका सुरेस लामा तथा धरानका सन्देश बम्जन लामा थिए । यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही ५र५ लाखका दरले नगद प्राप्त गरका थिए भने वाइ वाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाख सहित ३५ लाख नगद जितेकी छिन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट