Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

रास्वपासँग आफैले उठाएका विषयको तथ्य छैन- गोकुल बास्कोटा

रास्वपासँग आफैले उठाएका विषयको तथ्य छैन- गोकुल बास्कोटा

  • काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले रास्वपा र राप्रपासँग आफुहरुले उठाएका प्रश्नको तथ्य नभएको जिकिर गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधीसभाको बैठकमा विशेष समयमा बोल्दै बास्कोटाले रास्वपा र राप्रपासँग जवाफ नभएका कारण संसदमा फेस गर्न नसकेर संसद बहिष्कार गरेको आरोप लगाए ।

    images

    उनले भने- 'साथीहरु आउनुहुन्छ, कहिले नाराबाजी गर्नुहुन्छ, कहिले पलेटी मार्नुहुन्छ, कहिले कक्षा कोठा जस्तो होमवर्क गर्नुहुन्छ, कहिले निलो स्कार्प प्रदर्शन गर्नुहुन्छ । अब हुदा हुदा दुई मिनेट उभिनुहुन्छ, एकोहोरो शंख फुक्नुहुन्छ, अनि लुरुलुरु मौन यात्राका मलामी जस्तो बनेर बाहिर निस्किनुहुन्छ, न कसैको कुरा सुन्नुहुन्छ न आफ्नो भन्नु हुन्छ । यो किन ? यस्तो अवस्था किन बन्यो भने उहाँहरुसँग जवाफ छैन । जे प्रश्न उठाउनु भएको छ, त्यसको तथ्य छैन ।

    उहाँहरुसँग नैतिकताको मुल्यको कसीमा जाँचिन क्षमता छैन आँट छैन हिम्मत छैन । 'सांसद बास्कोटाले रास्वपाले लोकप्रियतावादको साहारा लिएको आरोप लगाउदै आफ्नोविरुद्ध प्रश्न उठाउन नपाउने व्यबहार गरेको बताए ।

    उनले भने- 'उहाँहरु चार वटा औला अरुतिर देखाउनु भएको छ र आफूतिर एउटा औला फर्केको छ भने पनि त्यसको जवाफ दिन तयार हुनुहुन्न । यहि हो लोकप्रियतावाद भनेको हो । मेरा बारेमा प्रश्न उठ्नु हुदैन । म प्रश्नभन्दा माथि छु । म विशेष ज्ञान युक्त छु । यो खालको कुरा आजको समाजमा नगरौं ।

    images

    'बास्कोटाले सहकारी प्रकरण, भिजिट भिसा, कुलिङ पिरियड लगायतका विषयमा गल्ति भएको भन्दै समाजलाई राजनीतिक नेतृत्वले दिशा निर्देश गर्ने र कमचारीतन्त्र सहायक भएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij