
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित भएको हो ।
आजदेखि विधेयकमाथिको छलफल समेत सकिएको छ । समितिले सचिवालयलाई प्रतिवेदन लेख्न निर्देशन दिएको छ । अब २७ गते बस्ने समिति बैठकले सहमति जुट्न बाँकी रहेका केही विषयमा छलफल गरेर निर्णय गर्ने सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् ।
उपसमितिले सहमति जुटाएर तयार पारेको प्रतिवेदनमा अब विद्यालयका प्रधानाध्यापक नेपाल शिक्षक महासंघको सदस्य हुन नपाउने व्यवस्था छ ।
सदस्य प्रधानध्यापक भए आफ्नो कार्यकाल रहेसम्म स्वत: निष्कृय हुने व्यवस्था गरिएको छ । त्यस्तै नयाँ विधेयकमा अब स्थायी शिक्षक बढुवा हुन पाँच वर्षमा कार्यसम्पादन र ज्येष्ठताका आधारमा ८०अंक ल्याए स्वत:बढुवा हुने व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij