Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

टेलिकमको नेटवर्कमा समस्या

टेलिकमको नेटवर्कमा समस्या

  • काठमाडौं । जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ ।

    images
    images
    images

    विशेषगरी गाउँपालिका-६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् ।

    images

    नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन् ।

    हरेक असारदेखि असोज पहिलो सातासम्म नेटवर्कले काम नगर्ने गरेको स्थानीय रमेश विष्टले बताए । उनले भने,‘नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै जाँदा फोन सम्पर्क गर्न समेत गाह्रो हुने गरेको छ । फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवालगायतका नियमित कार्यमा समेत बाधा पुगेको छ । ’

    बिष्टले फोन गर्दा समयमै नलाग्ने फोन लागि हालेमा राम्रोसँग कुराकानी नहुने अवस्था रहेको जानकारी दिएका छन् । सामान्य कुराकानी गर्न वा आपत्कालीन अवस्थामा समेत नेटवर्कले धोका दिने गरेको छ ।

    images

    नेटवर्क समस्याबारे पटकपटक गुनासो गर्दै आएपनि समस्या समाधान नभएको स्थानीयको भनाइ छ । त्यस्तै यता बडिमालिका नगरपालिका -७ मा पनि नेटवर्कले काम नगर्ने गरेको स्थानीयको गुनासो छ ।

    वडाको जिल्ली, सुनकाना, पोखरा, सिराडी, रजातोली, ढम्कनेलगायतका बस्तीमा राम्रोसँग नेटवर्कले काम नगर्दा फोन नलाग्ने, फोन लागेपनि आवाज काटिएर सुनिने गरेको फोरजी सेवा समेत प्रभावित रहेको स्थानीयले भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij