
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ । दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ ।
प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
हुमा कुरैशीकी काका छाेराको नाम आसिफ कुरैशी हो । ‘आजतक’को रिपोर्टका अनुसार ७ अगस्टको राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा हुमा कुरेशीका भाइबीच गेटबाट स्कुटर हटाएर साइडमा पार्क गर्दा झगडा भएको थियो ।
कुरा यति बढ्यो कि आरोपीले आसिफ कुरेशीमाथि आक्रमण गरे । गम्भिर घाईते आसिफलाई अस्पताल पुर्याएको थियो जहाँ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij