
Aug 08 2025 | २०८२, साउन २३ गते
काठमाडौं । बाजुरास्थित बडिमालिका दर्शन गरेर फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर ज्यान गएको छ ।
जिल्लाको गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।
हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार हिजो साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।
राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले शवखोलाबाट माथि ल्याउन समस्या भएको छ ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij